श्रावण १६, २०८३ शनिबार August 1, 2026

माघे सङ्क्रान्तिमा प्रधानमन्त्रीको यस्तो शुभकामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओलीले माघी तथा माघे सङ्क्रान्ति पर्वको शुभकामना दिएका छन् ।

बुधबार शुभकामना सन्देश जारी गर्दै थारु, मगर लगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गरेका हुन् ।

‘थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीद्धारा जारी सन्देशमा उल्लेख गरिएको छ ।

सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ १ गते देशका विभिन्न भागमा विभिन्न तरिकाले मनाइने यस पर्वका अवसरमा सुस्वास्थ्य सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु पत्रमा भनिएको छ ।

त्यस्तै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उनले बताएका छन्।

नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्। यस्तो विविधतायुक्त साझा पुँजीलाई हामीले संरक्षण गर्दै आएका छौं,’ सन्देशमा छ, ‘सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्दछ। हामीले संवैधानिक व्यवस्था तथा राज्यको नीतिद्वारा नै हाम्रा सांस्कृतिक विविधताको रक्षा गरिरहेका छौं। हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरू यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन्।’ यी पर्वहरूले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेको उनले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
२०८३ श्रावण १६, शनिबार
गगन थापाले देशको पछिल्लो स्थिति साम्य बनाउन लिएको पहलकदमी निरन्तर जारी
२०८३ श्रावण १५, शुक्रबार
पूर्वी जिल्लाको तनावपछि सर्लाहीमा सुरक्षा कडा, सीमा प्रवेशमा नयाँ व्यवस्था
२०८३ श्रावण १५, शुक्रबार
स्पेन छिर्ने क्रममा ९ अफ्रिकन आप्रवासीको गयो ज्यान
२०८३ श्रावण १५, शुक्रबार
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
२०८३ श्रावण १५, शुक्रबार
गण्डकी प्रदेशसभा बैठक बस्दै
२०८३ श्रावण १५, शुक्रबार
सुनचाँदीको मूल्य फेरी बढ्यो
२०८३ श्रावण १५, शुक्रबार