श्रावण १२, २०८३ मंगलबार July 28, 2026

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । प्रसाईं भने फरार छन् ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया