श्रावण १६, २०८३ शनिबार August 1, 2026

बेरोजगार भए ‘सीआइडी’का शिवाजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् ।

उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए । ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन् । उनी कामको खोजी गरिरहेका छन् ।

‘म यो भन्न सक्दिनँ कि मलाई धेरै अफर आइरहेको छ । छैन त छैन । एक–दुईवटा अफर छन्, तर त्यसमा रुचि छैन । म मराठी थिएटरबाट हुँ । मैले जहिल्यै पनि तिनै प्रोजेक्टमा काम गरें, जुन मलाई मनपथ्र्यो । मेरो दुर्भाग्य यो हो कि पहिलाको जस्तो शक्तिशाली चरित्र अहिले लेख्न छोडियो । यो दुवैका लागि नोक्सानको कुरा हो । एक अभिनेता भएको नाताले म राम्रो कामलाई मिस गरिरहेको छु । दर्शक राम्रो कलाकारलाई मीस गरिरहेका छन्’, शिवाजी भन्छन् ।

शिवाजीका अनुसार उनलाई अहिले प्रहरी अधिकारीको भूमिकामा अफर आइरहेको छ । जुन भूमिका उनले २० वर्षयता गरिरहेका छन् । यो भूमिका अब उनी गर्न चाहँदैनन् । ‘म किन गर्छु, एउटै भूमिका म पटक–पटक गर्न सक्दिनँ । तर एसीपी प्रद्युम्नको भूमिका मेरो हृदय नजिक छ । फेरी सीआइडी सुरु भयो भने त्यो भूमिका फेरि गर्नुपर्छ । म अहिले भूमिकालाई भन्दा पनि काम नपाएर तनावमा छु’, उनले भनेका छन् ।

शिवाजीले सन् १९८८ मा नसिरुद्दिन शाह र अनुपम खेरको फिल्म ‘पेस्टोनजी’बाट करियर सुरुवात गरेका थिए । उनले ‘यशवन्त’, ‘गुलाम–ए–मुस्तफा’, ‘युगपुरुष’, ‘हु तु तु’, ‘चाइना गेट’, ‘नायक’लगायतका फिल्ममा अभिनय गरेका छन् । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार