वैशाख १६, २०८१ आइतबार April 28, 2024

बिक्कीको ‘एकै नजरमा’ म्युजिक भिडियोमा विकास र बिनाको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्धगर्नुभएको गीतमा राहुलप्रधानले सङ्गीत संयोजन गर्नुभएको छ ।

कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गर्नुभएको हो । विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनय गर्नुभएको छ ।

भिडियोको सम्पादन दिन्सन शाहले गर्नुभएको हो । केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । सङगीतकार दाहालको आधिकारिक च्यानल ‘टीका दाहाल म्युजिक’मार्फत् भिडियो सार्वजनिक भएको जनाइएको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया