श्रावण १४, २०८३ बिहिबार July 30, 2026

इन्डो प्यासिफिक स्ट्राटेजी अमेरिका र रुसबीच कडा प्रतिवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपालमा मिलेनियम च्यालेन्ज करर्पोरेसन कम्प्याक्ट (एमसीसी) परियोजना अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) अन्तर्गत हो वा होइन भन्ने विवाद चर्किरहेका बेला दुई पराम्परागत शक्तिराष्ट्र अमेरिका र रुसबीच यही विषयमा जुहारी चलेको छ ।

नेपालमा एमसीसी परियोजना आईपीएस अन्तर्गत नै भएको भन्दै विरोध हुँदै आएको छ । जबकि नेपाल सरकारले भने आईपीएसको अवधारणा लागू हुनुअघि नै एमसीसी परियोजनाको सम्झौता भएको भन्दै त्यसको बचाउ गर्दै आएको छ । अमेरिकाले नेपालको सडक र जलविद्युत् पूर्वाधार विकासका लागि एमसीसीअन्तर्गत ५० अर्ब रुपैयाँ अनुदान दिने भएपछि आईपीएससँगको सम्बन्धबारे नेपालमा विवाद भइरहेको हो ।

यही बेला भारतको राजधानी नयाँदिल्लीमा अमेरिका र रुसका उच्च अधिकारीहरू आईपीएसको उद्देश्य र लक्ष्यलाई लिएर सार्वजनिक रूपमै आरोप प्रत्यारोपमा उत्रिएको खबर कान्तिपुर दैनिकले शनिवार प्रकाशित गरिएको छ ।

दिल्लीमा सम्पन्न ‘रायसिना डायलग’ मा सहभागी रुस र अमेरिकाका उच्च अधिकारीहरूबीच यसै साता जुहारी चलेको हो । बुधबार रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले विद्यमान विश्व व्यवस्थामा अवरोध सिर्जना गर्ने र चीनलाई अलग राख्ने उद्देश्यले ल्याइएको भन्दै आईपीएसको आलोचना गरेका छन् ।

रुसी विदेशमन्त्रीले आईपीएसको चर्को आलोचना गरेको २४ घण्टा नबित्दै उच्च अमेरिकी अधिकारीले त्यसको बचाउ गरेका छन् । रायसिना डायलगकै एउटा छलफल सत्रमा बोल्दै अमेरिकाका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार म्याथु पोटिन्गरले आईपीएस विद्यमान क्षेत्रीय संरचना भत्काउनतर्फ लक्षित रहेको भन्ने रुसी विदेशमन्त्रीको आरोपको खण्डन गरे । उनले आईपीएस विधिको शासनको सम्मान गर्ने तथा सामुद्रिक र हवाई क्षेत्रको स्वतन्त्र नेभिगेसनको पक्षमा रहेका मुलुकहरूको समूह लक्षित अवधारणा भएको दाबी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
२०८३ श्रावण १४, बिहिबार