वैशाख १६, २०८१ आइतबार April 28, 2024

‘तिमीलाई मेरो आफ्नो बन्न’ म्युजिक भिडियोमा पुष्प र मोडलको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मोडल जिशु कोइरालाले नयाँ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ ।

‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सूर्य काश्यपको स्वर सुन्न सकिन्छ । सुजन कँडेलको शब्द रहेको यस गीतमा रामकुमार रिमालको सङ्गीत रहेको छ । नारायण दङ्गालले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो । प्रेमिल शैलीको गीतमा नायक पुष्प खड्का र मोडल कोइरालाले अभिनय गर्नुभएको छ ।

श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ । मिलन विश्वकर्माले सम्पादन गर्नुभएको भिडियो मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो । भिडियो कोइरालाको अफिसिएल च्यानलमार्फत सार्वजनिक गरिएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया