असोज ६, २०८३ मंगलबार September 22, 2026

काठमाडौं विश्वविद्यालय (केयू) मा एक महिनादेखी पठनपाठन ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघको आन्दोलनका कारण काठमाडौं विश्वविद्यालय (केयू)मा एक महिनायता पठनपाठन ठप्प भएको छ। गएको पुस ७ गते र १५ गते विश्वविद्यालयका सबै कार्यालयमा विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्त रुपमा ताला लगाएपछि पठन पाठन भएको हो ।

आन्दोलनका कारण विभिन्न संकायको परीक्षासमेत स्थगित हुँदै गएको छ। केयूमा भइरहेको प्राध्यापक र कर्मचारीको आन्दोलनले परीक्षा हुन नसकेपछि स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले संयुक्त रुपमा जाडो बिदा दिएको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्का निर्णयको पुर्णरुपमा पालना केयुको प्राध्यापक संघ र कर्मचारी संघसँग गरिएको पूर्वसम्झौता कार्यान्वयनका लागि ८५ औं सभाले दिएको निर्देशन गरेको थियो। निर्देशनअनुसार प्रा डा विजय केसीको संयोजकत्वमा बनेको कार्यदलले पेश गरेको संघ सम्बन्धी नियमको मस्यौदा सम्झौता बमोजिम अनुमोदन हुनुपर्ने माग गरिएको थियो।

माग गरिएको बमोजिम कार्यन्वयन नगरिएको र विगतमा भएको सम्झौता कार्यान्यवयन गर्न केयु प्रशासनले बेवास्त गरेको कारण सबै कार्यालयहरुमा ताला लगाएर आन्दोलनमा छन्। संघको माग अनुमोदन सुनुवाइ नगरिएकाले विश्वविद्यालयको सम्पूर्ण गतिविधि ठप्प पारेर कडा आन्दोलनमा रहेको कर्मचारी संघको अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार