श्रावण १६, २०८३ शनिबार August 1, 2026

गायक अमन प्रधानको साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युवा गायक अमन प्रधानले नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक गर्नुभएको छ ।

युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई लिएर प्रस्तुत गरिएको उक्त गीतमा अस्ट्रेलियामा रहेकी गायिका एवं गीतकार अबुन पाण्डेको शब्द रहेको छ ।

टीका दाहालको सङ्गीतबद्ध उक्त गीतमा गायक प्रधानका बुबा राहुलले सङ्गीत संयोजन गर्नुभएको छ। साङ्गीतिक सौगातमा गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय छ ।

प्रेम र मनोरञ्जनलाई आधार बनाएर प्रस्तुत गरिएको श्रव्य–दृश्यमा बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन र निकेश खड्कासको निर्देशन रहेको छ ।

उक्त साङ्गीतिक श्रव्य–दृश्य सार्वजनिक गर्न अस्ट्रेलियास्थित कान्तिपुर होलिडेजको सहयोग रहेको जनाइएको छ । गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत् यो नयाँ भिडियो सार्वजनिक गरिएको बताइएको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार