वैशाख १६, २०८१ आइतबार April 28, 2024

गायक अमन प्रधानको साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युवा गायक अमन प्रधानले नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक गर्नुभएको छ ।

युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई लिएर प्रस्तुत गरिएको उक्त गीतमा अस्ट्रेलियामा रहेकी गायिका एवं गीतकार अबुन पाण्डेको शब्द रहेको छ ।

टीका दाहालको सङ्गीतबद्ध उक्त गीतमा गायक प्रधानका बुबा राहुलले सङ्गीत संयोजन गर्नुभएको छ। साङ्गीतिक सौगातमा गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय छ ।

प्रेम र मनोरञ्जनलाई आधार बनाएर प्रस्तुत गरिएको श्रव्य–दृश्यमा बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन र निकेश खड्कासको निर्देशन रहेको छ ।

उक्त साङ्गीतिक श्रव्य–दृश्य सार्वजनिक गर्न अस्ट्रेलियास्थित कान्तिपुर होलिडेजको सहयोग रहेको जनाइएको छ । गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत् यो नयाँ भिडियो सार्वजनिक गरिएको बताइएको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया