श्रावण २६, २०८३ मंगलबार August 11, 2026

सिजीनेटका ग्राहकले १५ दिनसम्म निःशुल्क इन्टरनेट उपभोग गर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चौधरी ग्रुपको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा १५ दिनसम्म निशुल्क इन्टरनेट दिने भएको छ। सिजीले ग्राहकलाई ‘पहिले ट्राइ गरौं अनि सब्सक्राइब गरौं’ भन्ने योजना अनुसार १५ दिनसम्म निशुल्क सेवा दिने भएको कम्पनीले जनाएको छ ।

सिजीको अनुसार अनुभव गरेर मात्र इन्टरनेट जडानको निर्णय लिन सहयोग पु¥याउने उद्देश्यले कम्पनीले यस्तो सुविधा सार्वजनिक गरेको हो। यो सुविधा प्रयोग गर्न ग्राहकले कम्पनीको वेबसाइटमा दर्ता गराउन कम्पनीले आग्रह गरेको छ । यो सुविधा नयाँ ग्राहकले मात्र लिन सक्नेछन्।

सिजीले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस र ९९९ रूपैयाँमा १२० एमबिपिएस गतिको इन्टरनेट दिँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया