कार्तिक ८, २०८३ आइतबार October 25, 2026

गायिका राउतविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले गायिका आस्था राउतविरुद्ध प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरी दर्ता गरेको छ। विमानस्थलमा चेकजाँचका क्रममा गायिका राउतले ड्युटीमा रहेको प्रहरीलाई दुव्र्यवहार गरेको भन्दै परेको उजुरी महानगरीय प्रहरीले आज दर्ता गरेको हो।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गायिका राउत फरार छिन्। उनलाई प्रहरीले खोजी गरिरहेको सुवेदीले जानकारी दिए। गत बुधबार राउत भद्रपुर जाने क्रममा आन्तरिक टर्मिनलमा चेकजाँच गर्ने क्रममा प्रहरीसँग उनले चर्काचर्की गरेकी थिइन्।

उनको ज्याकेट फुकाल्न लगाएको भन्दै गायिका राउतले फेसबुकमा भिडियो सेयर गर्दै आक्रोश पोखेकी थिइन्। सोलगत्तै चेकजाँचको सीसीटीभी फुटेज भिडियो विमानस्थल प्रहरी कार्यालयले सार्वजनिक गरेको थियो। यसबारे प्रारम्भिक प्रतिवेदनपछि गायिका राउतविरुद्ध उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।
उक्त घटनाबारे गायिका राउतले अर्को भिडियोमार्फत फेसबुकमा माफी मागिसकेकी छिन्। प्रहरीले भने उनीविरुद्ध साइबर अपराधसम्मको कारबाही अघि बढाउने तयारी थालेको छ। अभद्र व्यवहारमा १ वर्षसम्म कैद र जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार