असोज १४, २०८३ बुधबार September 30, 2026

ई-पासपोर्टको अनलाइन बुकिङ रद्द भएकालाई राहदानी विभागको विशेष सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राहदानी विभागले बुकिङ रद्द गरिएका सेवाग्राहीलाई लक्षित गरी सोमबार बिहान ७ बजेदेखि विशेष सेवा सुरु गरेको छ । विद्युतीय राहदानीका लागि अनलाइन बुकिङ गरेका तर कोरोना महामारीका कारण बुकिङ रद्द भएका नागरिकहरूका लागि विभागले यस्तो व्यवस्था मिलाएको हो ।

विभागले एक सूचना जारी गर्दै पुरानो बुकिङ भएका सेवाग्राहीलाई बिहानी समयमा सेवा दिने जनाएको छ । जसअनुसार बिहान ७ बजेदेखि १० बजेभित्र राहदानी विभाग त्रिपुरेश्वरमा सम्पर्क गर्न भनिएको छ । सेवाग्राही सङ्ख्या बढी भएको अवस्थामा सबैभन्दा पुरानो बुकिङ भएकाले पहिलो प्राथमिकता पाउनेछन् ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया