कार्तिक ११, २०८३ बुधबार October 28, 2026

भारतीय मिडियामा नेपाली अभिनेत्री सुष्माको ग्ल्यामर चर्चा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् । सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन् । हालै मात्र उनले कालो पहिरनमा निकै बोल्ड तस्बिर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । जुन तस्बिरलाई भारतीय मिडियाले विशेष स्थान दिएका छन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

सुष्मा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहन्छिन् । साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा सुष्माले आफ्नो हट अवतार देखाउने गर्छिन् । सुष्माले इन्स्टाग्राममा राखेको पछिल्लो तस्बिरमा एक प्रयोगकर्ताले ‘तपाई एकदम बेबी डल जस्तैं देखिनुभएको छ’ भन्दै कमेन्ट गरेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले सुन्दरता र फिटनेसको रहस्य थाहा पाउन खोजेका छन् ।

सुष्माले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन् । यसपछि उनले भोजपुरी फिल्ममा पाइला चालिन् । उनले ‘दिवाना–२’ र ‘जय मधेस’लगायत हिट फिल्ममा अभिनय गरेकी छन् । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार