चैत्र १६, २०८० शुक्रबार March 29, 2024

भ्यालेन्टाइन डे अफर टेलिकमको भोल्टी कल निःशुल्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ । भ्यालेन्टाइन डेको अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो ।

यो अफर फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) का लागि उपलब्ध छ । अफरअन्तर्गत ४९ मा एक एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ ।*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *444# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ ।

 सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भोल्टी सपोर्ट गर्ने हुनुपर्छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरिने कलमा मात्र लागू हुने छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डेटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया