श्रावण २७, २०८३ बुधबार August 12, 2026

भ्यालेन्टाइन डे अफर टेलिकमको भोल्टी कल निःशुल्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ । भ्यालेन्टाइन डेको अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो ।

यो अफर फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) का लागि उपलब्ध छ । अफरअन्तर्गत ४९ मा एक एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ ।*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *444# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ ।

 सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भोल्टी सपोर्ट गर्ने हुनुपर्छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरिने कलमा मात्र लागू हुने छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डेटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार