श्रावण २६, २०८३ मंगलबार August 11, 2026

कर्णालीमा पनि टेलिकमको आईपीटिभी सेवा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले कर्णाली प्रदेशमा आफ्नो आईपीटिभी सेवा एनटीटिभी सुरु गरेको छ । कम्पनीले आइतबारदेखि कर्णाली प्रदेशमा रहेका आफ्ना ग्राहकलाई एफटीटीएच प्रविधिमार्फत यस्तो सेवा दिन थालेको हो ।

नेपाल टेलिकमले एउटै अप्टिकल फाइबरमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन हेर्न सकिने सुविधा दिँदै आएको छ । कम्पनीले २०७७ पुस १७ गते सुरु गरेको यो सेवा हालसम्म ४२ जिल्लामा विस्तार गरिसकेको छ ।

फाइबर टु दि होम प्रविधिमार्फत टेलिकमको फोन अथवा इन्टरनेट सेवा लिइरहेका ग्राहकले एनटीटिभी सेवा प्रयोग गर्न सक्नेछन् । कर्णालीमा पहिलो पटक वीरेन्द्रनगर सुर्खेतबाट कम्पनीले यो सेवा दिन थालेको हो । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया