कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चर्चित लोक गायक क्षेत्री नेपाल सांस्कृतिक संघको महामन्त्रीमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ्ः चर्चित लोक गायक विमलराज क्षेत्री सांस्कृतिक संघको महामन्त्रीमा नियुक्त भएका छन् । नेपाल सांस्कृतिक संघमा लामो समयदेखि आवद्ध लोकगायक क्षेत्रीलाई अध्यक्ष तीर्थ थापाले महामन्त्रीमा मनोनयन गरेका हुन् । दर्जनौ लोकगितका रचनाकार तथा गायक क्षेत्री पर्वत जिल्लाबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत थिए ।

क्षेत्रीको कांग्रेसमा आवद्धता धेरै वर्ष अघि देखिको हो। उनी ट्रेड युनियन कांग्रेसमा समेत आवद्ध थिए। कांग्रेसको प्रचारका लागि क्षेत्रीले गाएको ‘सुन सुन साथी’ बोलको गीत पार्टीका सभा तथा सम्मेलनमा सर्वाधिक बज्ने गीतमा पर्दछ।  नेता रामचन्द्र पौडेलको पक्षमा प्रचारमा सहयोग पुग्नेगरी समेत उनले गीत गाएका छन्।

‘छैन नि जालझेल,
असल छवि असल नेता, रामचन्द्र पौडेल।।’

पौडेलको शब्द रचना रहेको ‘बीपी सम्झेर’ गीतमा पनि क्षेत्रीले स्वर र संगीत दिएका छन्। साथै, ‘कांग्रेसको सिपाही म’ गीतमा क्षेत्री र स्मृति शाहीले स्वर दिएका छन्। उक्त गीतको शब्द भने मणि अर्यालले लेखेका छन्। ‘कांग्रेसको मुटुमा’ गीत उनले बजारमा ल्याएका थिए। पार्टीले आयोजना गर्ने सभा तथा सम्मेलनमा समेत उनले कांग्रेसको पक्षमा गीत गाउँदै आएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार