श्रावण १६, २०८३ शनिबार August 1, 2026

बलिउडबाट गुमनाम बनेका यी आइटम गर्ल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ ।

आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा सत्य के हो भने कतिपय अभिनेत्रीलाई भने त्यही आइटम गीतका कारण ‘आइटम गर्ल’को ट्याग लाग्ने गरेको छ । बलिउडमा कुनै समय केही अभिनेत्रीले हिट आइटम गीतमा कम्मर मर्काएका थिए । तर, अहिले उनीहरु बलिउडबाट टाढिइसकेका छन् ।

मोडल निगार खान नर्वेको लोकप्रिय मोडल हुन् । उनी चर्चित गीत ‘चढ्ती जवानी’को रिमिक्स भर्सनको आइटम गीतमा देखिएकी थिइन् । यो गीतमा उनको आइटम नृत्यलाई दर्शकले खुबै मनपराएका थिए । पछिल्लोपटक उनी सन् २०१५ मा फिल्म ‘दो चेहरे’ मा देखिएकी थिइन् । यो फिल्मपछि उनी बलिउडबाट हराइन् ।

यो सूचीमा भारतीय क्रिकेटर हार्दिक पाण्डेयकी पत्नी तथा सर्बियाली मोडल नताशा स्टेनकोविचको नाम पनि आउँछ । उनले बलिउडमा सन् २०१३ मा पाइला चालेकी थिइन् । बलिउड निर्देशक प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को आइटम गीत ‘अइयो जी’ मा उनको हट नृत्य हेर्न पाइन्छ । नताशा गायक बादशाहका साथ गीत ‘डीजे वाले बाबु’ मा पनि देखिएकी थिइन् । हाल निजी जीवनमा व्यस्त नताशा सामाजिक सञ्जालमा सक्रिय छिन् ।

अभिनेत्री क्लाउडियाले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘७८६’ को आइटम गीत ‘बलमा’मा कम्मर मर्काएकी थिइन् । यो गीतलाई दर्शकले निकै मन पराएका थिए । तर, क्लाउडिया भने बलिउडबाट गुमनाम भइन् ।

अर्की अभिनेत्री मेघना आइटम गीत ‘कलियों का चमन’ मा देखिएकी थिइन् । यो आइटम गीत आज पनि उत्तिकै लोकप्रिय छ । मेघना फिल्म ‘हदिया’ मा पछिल्लोपटक देखिएकी थिइन् । मेघना अहिले बलिउडबाट टाढिएर पारिवारिक जीवनमा व्यस्त छिन् ।

बलिउडको हिट आइटम गीत ‘बाबु जी जरा धीरे चलो’ आज उत्तिकै लोकप्रिय छ । यो आइटम गीतमा याना गुप्ताको ठुम्का हेर्न पाइन्छ । अहिले याना बलिउडबाट टाढिएकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
बारामा वृहत् सामाजिक सद्भाव र्‍याली सम्पन्न
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार