कार्तिक ११, २०८३ बुधबार October 28, 2026

यस्ता छन् बलिउड अभिनेत्री कंगना रनावतसम्बन्धी रोचक तथ्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बलिउड अभिनेत्री कंगना रनावत अभिनयमा जति अब्बल छिन्, उनको बोल्ने शैली उत्तिकै कठोर छ । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री चाहे राजनीतिक होस् या सामाजिक, हरेक विषयमा बोलेर विवाद र चर्चामा आइरहन्छिन् । कंगनाका देखिएका यी कुरा सबैलाई थाहा भएकै हो । तर उनका केही नदेखिएका कुरा छन्, जो कमैलाई थाहा छ ।

कंगना बाल्यकालदेखि नै द्रुत गतिमा बढ्ने स्वाभावकी थिइन् । त्यहीकारण उनका पिता उनलाई ‘लेडी डायना’ भनेर बोलाउँथे । कंगनालाई परिवारले मेडिकल पढ्नका लागि नयाँदिल्ली पठाएका थिए । तर उनले अभिनयका लागि पढाइ नै छोडिन् ।

उनी एक प्रशिक्षित कत्थक नृत्यांगना पनि हुन् । कंगना खाली समयमा पुस्तक पढ्न र संगीत सुन्न मन पराउँछिन् । कंगनाको मनपर्ने फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ हो । उनी अनुभवी बास्केटबल खेलाडी पनि हुन् ।

उनी शाकाहारी अभिनेत्री हुन् । यही कारण उनलाई सन् २०१३ मा पेटाले ‘हटेस्ट भेजिटेरियन’को उपाधि दिएको थियो । अभिनेत्री शबाना आजमीपछि कंगना सबैभन्दा धेरै नेसनल अवार्ड जित्ने अभिनेत्री हुन् ।

कंगना ज्योतिषमा बढी विश्वास गर्छिन् । घरमा पाएको खाना मनपराउँछिन् । उनको मनपर्ने परिकारमा दाल, भात र तरकारी हो । बिदा मनाउन उनको मनपर्ने स्थान लन्डन, पेरिस र न्युयोर्क हो । कंगनाको मनपर्ने रंग कालो हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार