श्रावण २७, २०८३ बुधबार August 12, 2026

स्मार्ट टेलिकमको सिमकार्ड लिन अब कागजात बोक्नु नपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब स्मार्ट टेलिकमकाे कुनै पनि सेवा लिन कागजात बाेकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । त्यसका लागि स्मार्ट टेलिकम र डिजिटल जियो एड्रेस सेवा प्रदान गर्दै आएका ‘ठेगाना सर्भिसेज’ बीच आइतबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्मार्ट टेलिकमको तर्फबाट कस्टमर सर्भिस एण्ड एक्सपिरियन्स शाखाका प्रमुख एमी सक्सेना र ठेगानाका तर्फबाट अध्यक्ष तथा सीईओ विशाल केसीले हस्ताक्षर गरे ।

योसँगै स्मार्टका कुनै पनि आउटलेटमा पुगेर सेवा लिँदा केवाईसीका लागि आवश्यक पर्ने कागजतको स्थानमा क्यूआर स्क्यान गर्दामात्रै हुनेछ ।

त्यसका लागि ठेगानाले स्मार्टलाई सिस्टम उपलब्ध गराउने छ । उक्त सिस्टम उपलब्ध भएसँगै ठेगाना एपमा भरिएको प्रयोगकर्ताको जानकारीलाई नै सिस्टमले रिड गर्ने जनाइएको छ ।

यसका लागि प्रयोगकर्ताले ठेगानाको एपमा आफ्नो सम्पूर्ण जानकारी भर्न सक्नेछन् । सोही एपमार्फत स्मार्टका आउटलेटमा राखिएका क्यूआरमा स्क्यान गरेसँगै सिस्टमले आवश्यक जानकारी लिनेछ ।

त्यसैका आधारमा ग्राहकलाई बिना कुनै झन्झट सेवा उपलब्ध हुने दाबी गरिएकाे छ । ठेगाना सर्भिसेसले ठेगाना आईडी एपलाई प्रयोग गरी क्यूआर कोड मार्फत केवाईसी दर्ता गर्न लागेको नेपालमै पहिलो पटक हो ।

याे सेवा विस्तारै बैंक तथा अन्य टेलिकम सेवा प्रदायकमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ठेगानामा राखिएका सम्पूर्ण जानकारीमा प्रयोगकर्ताकाे पूर्ण स्वामित्व रहने छ ।

यसको एपमा उपलब्ध गराइएको जानकारीमा कम्पनीकाे कुनै पहुँच नहुने र पूर्ण सुरक्षित पनि रहने जनाइएको छ । ठेगाना एप आईओएस तथा एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार