श्रावण १६, २०८३ शनिबार August 1, 2026

अनमोल केसीको ‘हनी बनी’ आगामी दशैंमा रिलिज हुने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’ आगामी १४ असोजमा रिलिज हुने भएको छ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्मले आफ्नो सुटिङअगावै दशैंलाई लक्षित गर्दै रिलिज मिति बुक गरेको हो ।

निर्देशक भट्टराईले मार्चबाट फ्लोरमा जाने फिल्मका लागि हाल प्रमुख अभिनेत्रीको छनोट भइरहेको बताए । लन्डनमा छायांकन हुने फिल्मका लागि बाँकी कलाकार चाँडै नै टुंगो लाग्ने उनको भनाइ छ ।

एबी इन्टरनेसनलले गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडसँग सहकार्य गरी निर्माण गर्न लागेको फिल्ममा अजितकुमार थापा, अमित बस्नेत र परी राना निर्माता छन् ।

अंकित गौतम कार्यकारी निर्माता रहने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ । यही टिमले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिकामा अभिनय रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार