कार्तिक ११, २०८३ बुधबार October 28, 2026

कमाईमा अजित कुमारको ‘वलिमै’को रेकर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः तेलुगु सुपरस्टार अजित कुमार र हुमा कुरैशी स्टारर फिल्म ‘वलिमै’ले कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ गरेको छ । यो फिल्मको ओपनिङ कलेक्सन ६२ दशमलब ३६ करोड रुपैंयाँ छ । फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

अजितको यो फिल्मले बक्स अफिसमा सबै रेकर्ड तोडेको छ । फिल्मले तमिलनाडुमा पहिलो दिनमा ३६ करोड रुपैंयाँको कलेक्सन गर्यो । त्यस्तै चेन्नईमा १ दशमलब ८४ करोड रुपैंयाँको ओपनिङ थियो । चेन्नईमा यति ठूलो ओपनिङ गरेको अजितको यो पहिलो फिल्म हो ।

पछि परे अल्लु अर्जुन

कोभिड महामारीमा रिलिज भएका दक्षिण भारतीय फिल्मको ओपनिङ राम्रो रहेको छ । गत वर्षको जनवरी १३ मा रिलिज भएको फिल्म ‘मास्टर’ले पहिलो दिनमा नै ४३ करोड रुपैंयाँ कलेक्सन गरेको थियो । त्यस्तै नोभेम्बर ४ मा रिलिज भएको रजनीकान्तको फिल्म तमिलनाडुमै ३४ दशमलब ९२ करोड रुपैंयाँको ओपनिङ कलेक्सन गरेको थियो ।

यसैगरी मोहनलालको ‘मरक्करः लायन अफ द अरेबियन सी’ ले पहिलो दिन ६ करोडको व्यापार गरेको थियो । अभिनेता अल्लु अर्जुनको ‘पुष्पा ः द राइज स्टार’ले ६२ दशमलब ५० करोडको ओपनिङ गरेर ओपनिङको मामलामा वर्षकै सबैभन्दा ठूलो फिल्म बनेको थियो ।

अजितको पोस्टरमा दुध र दही

फिल्म र अभिनेता अजित कुमारलाई लिएर फ्यानको क्रेज यति धेरै छ कि दक्षिण भारतका कैयौं सहरमा रहेका फिल्म हल बाहिरको सडक जाम भएको थियो । जसकारण कैयौं रुटलाई डाइभर्ट गर्नुपरेको थियो । एक भिडियोमा फ्यानहरूले अजित कुमारको ठूल्ठूला पोस्टरलाई दुध र दहीले नुहाइदिँदै गरेको देख्न सकिन्थ्यो ।

अजितको ‘वलिमै’को विश्वव्यापी थिएट्रिकल राइट ९६ करोड रुपैंयाँमा बिक्री भएको छ । यो आँकडाअनुसार यो फिल्मले सन् २०१७ मा रिलिज उनकै फिल्म ‘विवेगम’को रेकर्ड तोडेको छ । त्यस समयमा ‘विवेगम’ ८५ करोडमा थिएट्रिकल राइटका रूपमा बिक्री भएको थियो ।

अजितको फिल्मले थिएट्रिकल राइट्सबाहेक स्याटेलाइट, डिजिटल प्लेटफर्म र म्युजिकका माध्यमबाट करिब ६० करोड रुपैंयाँ कमाएको छ । फिल्मले रिलिजअघि नै एक सय ५५ करोड रुपैंयाँ कारोबार गरिसकेको छ ।

एच विनोदको निर्देशनमा बनेको फिल्ममा अजित र हुमाका अलावा कार्तिकेय, योगी बाबू, सुमित्रा र पुगाजको पनि अभिनय छ । फिल्ममा अजितले एक प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् । फिल्मको निर्माता बोनी कपूर हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार