श्रावण १६, २०८३ शनिबार August 1, 2026

रमालाई ‘द मम-ब्युटी कन्टेस्ट’को उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सौन्दर्य प्रतियोगिता ‘द मम–ब्युटी कन्टेस्ट’को उपाधि रमा खड्का पौडेलले जितेकी छन् । मोडल सङ्स नेपालले आमा भइसकेका नारीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगितामा उनले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत चुमिन् ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपहार स्वरुप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पोल्टामा पारिन् ।

प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपीका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जिते ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए ।

आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भइसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेन्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले दोस्रो संस्करण चाँडै सुरु हुने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार