श्रावण १६, २०८३ शनिबार August 1, 2026

शुक्रबारबाट देशभर ‘लप्पन छप्पन २’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी शुक्रबार अर्थात् २० फागुनबाट फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भएको छ । फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

अभिनेता अर्पण थापाले कोरोना महामारी पश्चात फिल्म रिलिजको लागि थोरै समय बाँकी रहेकाले पनि फिल्मलाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्‍याउन चुनौती रहेको बताए ।

निर्देशक मुकुन्द भट्टले फिल्म पहिलो संस्करणभन्दा १० गुणा राम्रो बनेको दाबी गरे । उनले फिल्मको पहिलो भागले दर्शको राम्रो साथ पाएपनि आफु सन्तुष्ट नभएका कारण आफुने आफु र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो भाग निर्माण गरेको खुलाए ।

फिल्ममा अभिनेता शिव श्रेष्ठ पहिलो पटक खराब राजनीतिज्ञको भुमिकामा प्रस्तुत भएका छन् । उनले आफ्नो ४० वर्षे फिल्मी करियरमा पहिलो पटक फरक र चुनौती पुर्ण भुमिका निवार्ह गर्ने अवसर पाएको बताए ।

नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

फिल्ममा निर्देशक भट्ट र सुनील नेउरेको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बासकोटा, राजेन्द्र भट्ट(मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चीनियाँ गरी ६ भाषमा रिलिज हुनेछ । किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसी र सिमोन तामाङको द्वन्द्व र मिलन श्रेष्ठको सम्पादन छ ।

गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरी निर्माण गरेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता तथा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार