कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अर्जुन र जोनको ‘अय्यप्पनम कोशियुम’ बन्द भयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मलयालमको हिट फिल्म ‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेकका विषयमा केही समयदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा थियो । फिल्मका लागि कलाकार फाइनल भइसकेको र चाँडै सुटिङमा जाने तयारी रहेको जानकारी निर्माण पक्षले मिडियामाझ दिइसकेका थिए । तर अब यो तयारी केवल तयारीमा मात्र सीमित भएको छ ।

समाचारअनुसार अर्जुन कपूर र जोन अब्राहमको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको हालका लागि निर्माणको काम बन्द गरिएको छ । फिल्मका निर्देशक जगन शक्तिले यो बन्द गर्नका लागि कैयौं कारण दिएका छन् । उनले अभिनेता जोन हाल शाहरुख खानको फिल्म ‘पठान’मा व्यस्त हुनु र अर्जुन पनि कैयौं काममा व्यस्त भएकाले उनीहरुले समय दिन नसक्नुलाई प्रमुख कारण मानेका छन् ।

हालैमात्र हरेक स्थानमा छाएको साउथ सुपरस्टार पवन कल्याणको फिल्म ‘भीमला नायक’ सन् २०२० को मलयालम हिट फिल्म ‘अय्यप्पन कोशियुम’को तेलुगु भर्सन हो । मलयालम भर्सनमा पृथ्वीराज र बीजू मेनन प्रमुख भूमिकामा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार