बैसाख १६, २०८३ बुधबार April 29, 2026

उपत्यकाका ३ जिल्लाबाहेक बागमती प्रदेशमा भोलि विदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सोनाम ल्होछारको अवसरमा शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

तामाङ समुदायको बाक्लो बसोबास रहेको यो प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बागमती प्रदेश मन्त्रिपरिषदको पुस २७ गतेको बैठकले माघ १० गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता मदनप्रसाद पोखरेलले काठमाडौं उपत्यकाका ३ जिल्लाका केन्द्र सरकार मातहतका कार्यालयबाहेक बागमती प्रदेशभित्रका सबै कार्यालयहरुमा सार्वजनिक विदा लागू हुने बताएका छन ।

‘काठमाडौं उपत्यकाभित्रका संघ मातहतको कार्यालयमा विदा दिन गृह मन्त्रालयकै निर्णय चाहिन्छ, त्यसैले ती तीन जिल्लाका संघ मातहतका कार्यालयमा विदा हुँदैन, प्रदेशका अन्य जिल्लाका सबै कार्यालयमा विदा हुन्छ’ उनले भने ।

शुक्रबार काठमाडौं उपत्यकामा रहेका प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहमा भने विदा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया