बैसाख १६, २०८३ बुधबार April 29, 2026

दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार मनाङ्गेलाई पक्राउ गरेको थियो ।

म्याद थपपछि पत्रकारसँग कुरागर्दै मनाङ्गे आफू जेका लागि लडेको त्यसमा सफल भएको प्रतिक्रिया दिएका छन ।

मनाङ्गेविरुद्ध अभद्र व्यवहार सम्बन्धी जाहेरी दिने जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले शुक्रबार बैंकिङ कसूर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया