कार्तिक ११, २०८३ बुधबार October 28, 2026

कलाकार पल शाहलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नावालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो ।

शाहलाई जेल चलान गर्न दिइएको आदेशमा मुद्दा अदालतमा विचाराधीन रहेकोले पीडित तथा प्रतिवादी लगायका उनीहरुका परिवारजनसमेत माथि अमर्यादीत र अश्लील टिका टिप्पणी नगर्न अनुरोध गरिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दा यस अदालतमा विचाराधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेको हुनाले अनुसन्धान अभियोजन एवं न्यायिक काम कारबाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुका परिवारजन समेत उपर अमर्यादित र अश्लील ढंगले टिका टिप्पणी नगरी दिनका निम्ति आम सञ्चार माध्यम, कानुन व्यवसायी र सर्वसाधारण सबैमा इजलास विनम्र अनुरोध गर्दछ।’

आदेशमा पलले पीडीतलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णत : इन्कार गरेको भएता पनि उनले मौकामा गरेको बयान हेर्दा राति १२ बजे पीडितलाई म्यासेज गरी साथीहरुसँग खाइ बाँकी हरेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई पलले स्वीकार गरेको पाइएको उल्लेख गरिएको छ ।

फैसालामा भनिएको छ,’ एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ती सोही राति निजले पीडतलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।’

पलले बालिकालाई माया प्रेम गर्ने तथा विवाहको झुठो आश्वासन दिइ पहिला पनि पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडितले मौकामा व्यक्त गरेको घटना विवरण काजबाट देखिने फैसलामा उल्लेख गरिएको छ ।

१६ वर्षभन्दा कम उमेरकी नावालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार