कार्तिक ११, २०८३ बुधबार October 28, 2026

न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः न्यूरोडको रञ्जना सिनेमा हल आज शुक्रबारबाट पुनः सञ्चालनमा आउने भएकाे छ । बन्द भएको वर्षाैंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । रञ्जना सिनेमामा तीन वटा अडिटोरियम रहेका छन् ।

१३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरी हलमा थ्रिडी सिस्टम पनि हलमा जडान गरिएको छ ।

विस २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनका लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका थिए ।

२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको थियने । कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहीबार साँझ विशेष शो आयोजना गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार