कार्तिक ११, २०८३ बुधबार October 28, 2026

जात्रा सिरिज छाडेर ‘महापुरुष’ निर्देशन गर्दै प्रदीप भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जात्रा सिरिजमार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ फिल्म ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाखबाट फिल्मको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले स्क्रिप्टको काम लगभग सकिएको बताए ।

जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रु गते र जात्रैजात्रालाई पनि दर्शकले रुचाइसकेका छन् ।

‘डेब्यु फिल्ममार्फत नै पाइरहेको सफलताले ममाथि जिम्मेवारी थपिएको छ । सफलता त व्यावसायिकता भयो नै मैंले दर्शकमाझ बनाएको विश्वासलाई गुमाउनु छैन । बढाउनुपर्ने छ,’ निर्देशक भट्टराईले भने । उनले यसपटक जात्रा सिरिजभन्दा बाहिरको ‘महापुरुष’ टाइटलमा फिल्म गर्दैछन् ।

प्रदीपले निर्देशन गर्ने फिल्मलाई रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो । महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका फिल्ममा रवीन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार