कार्तिक ११, २०८३ बुधबार October 28, 2026

र्‍यापर जी-बबले गाए फिल्मी गीत ‘भाग भाग अब धेरै न दे धाक’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जी-बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले अफिसियल गाएका छन् । आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले पहिलो अफिसियल र्‍याप ‘भाग भाग अब धेरै न दे धाक’ सुन्न र हेर्न सकिन्छ ।

गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो । ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर भएपछि जी-बबले गायनमा डेब्यु गरेका हुन् ।

गीतको भिडियोलाई सञ्जय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङमा परेको छ । निर्माण पक्षले गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ । पहिलो गायनमै जी-बबको स्वरलाई स्रोताले रुचाएका छन् । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार