कार्तिक ११, २०८३ बुधबार October 28, 2026

आधारको संगीत, बिष्णुको स्वरमा  ‘सिसा सरी’ सार्वजनिक ( भिडियो )

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अमेरिकाको ओहायो राज्य निवासी संगीतकार आधार तुम्बापोको संगीतमा समावेश  ‘सिसा सरी’ बोलको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर बिष्णु अधिकारी रहेको छ।  जित थुलुङको शब्दमा रहेको यस गीतलाई गायक अधिकारीले नै संगीत संयोजन गरेका हुन्।

विगत लामो समय देखि नेपाली संगीतमा सक्रिय संगीतकार सुब्बाको संगीतमा  चर्चित गायक गायिकाहरु रामकृष्ण ढकाल, अन्जु पन्त, मेलिना राई , राजेश पायल राई , प्रताप सुब्बा लगायात दर्जनौ कलाकारले आफ्नो स्वर दिसकेका छन्।  हालै मात्र गायक उदय सोताङको स्वरमा रहेको ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो समेत सार्वजनिक भैसकेको छ। नयाँ पुस्ताका कलाकारहरु सुनिता थेगिम, विकाश लिम्बु र छिट्टै रवि ओढले समेत गीत गाउने तय भैसकेको उनले बताएका छन्।

भुटानमा जन्मिएका संगीतकार तुम्बापोले नेपालमा लामो समय शरणार्थी जीवन बिताएका थिए।  पुनर्वास प्रक्रिया बाट सन् २०१२ मा अमेरिका पुगेका तुम्बापो हाल अमेरिकाको ओहायो राज्यमा  बस्दै आएका छन्।  अमेरिकामा रहेको हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमी उनि संगीत प्रशिक्षकका रुपमा समेत कार्यरत छन्।  भर्खर सार्वजनिक भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल ‘आधार तुम्बापो’ मार्फत सार्वजनिक भएको हो।  संगीतकार तुम्बापोले आफ्नो नयाँ गीतलाई सुनेर प्रतिक्रिया सबैलाई आग्रह गरेका छन्।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार