श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

यस्तो छ त्रिविको स्ववियु चुनावी कार्यातालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: त्रिभुवन विश्व विद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका मिति प्रस्ताव  गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको संयुक्त बैठकमा उक्त प्रस्ताव राखेको हो  ।

त्रिवि बैठकमा प्रतिपक्ष दल निकट नेविसंघ अनुपस्थित रहेपनि सत्तारूढ अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राविसंघ लगायतका विभिन्न विद्यार्थी संगठनहरू सहभागी भएको अनेरास्ववियूका नेता विजय गौतमले बताए ।

त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने विद्यार्थी संगठनले जोड दिएका छन् । उक्त बैठकमा नेविसंघले एक दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर आएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिएका थिए ।

त्रिविका निमित्त रेक्टर शिवलाल भुषालको अध्यक्षतामा बसेको बैठकमा नेविसंघ र प्रतिवन्धित नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) बाहेक सबै विद्यार्थी संगठनको सहभागिता रहेको थियो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया