काठमाण्डौः अरुण लामाले निर्देशन गरेको फिल्म ‘डोरी’ को टिजर सार्वजनिक भएको छ।
बनेपास्थित शुभकामना हलबाट उक्त फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा विरेन्द्र सिंह, सौरभ नुतन र एन्जिला शसंकारलाई मात्र स्थान दिइएको छ।
राज थापा र चन्द्र थापाको लगानी रहेको फिल्ममा विरेन्द्र, सौरभ र एन्जिलासँगै सिद सिंह र सरोज लामिछानेको पनि अभिनय रहेको छ।
जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणले भरपुर छ।
‘नेपाली फिल्मको इतिहासमै यो फिल्मको फरक स्वाद छ,’ निर्देशक लामाले भने। यसअघि केही लघु फिल्म, शर्ट फिल्म र डकुमेन्ट्री निर्देशन गरिसकेका लामाको यो डेब्यू निर्देशन फिल्म हो।
नारायण जिसीले छायांकन गरेको फिल्मलाई अनन्त घिमिरेले सम्पादन गरेका छन्। यो फिल्म चाँडै प्रदर्शन हुने बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया