कार्तिक ११, २०८३ बुधबार October 28, 2026

थ्रिलर, एक्सन र कमेडीले भरिपूर्ण ‘डोरी’ को टिजर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अरुण लामाले निर्देशन गरेको फिल्म ‘डोरी’ को टिजर सार्वजनिक भएको छ।

बनेपास्थित शुभकामना हलबाट उक्त फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा विरेन्द्र सिंह, सौरभ नुतन र एन्जिला शसंकारलाई मात्र स्थान दिइएको छ।

राज थापा र चन्द्र थापाको लगानी रहेको फिल्ममा विरेन्द्र, सौरभ र एन्जिलासँगै सिद सिंह र सरोज लामिछानेको पनि अभिनय रहेको छ।

जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणले भरपुर छ।

‘नेपाली फिल्मको इतिहासमै यो फिल्मको फरक स्वाद छ,’ निर्देशक लामाले भने। यसअघि केही लघु फिल्म, शर्ट फिल्म र डकुमेन्ट्री निर्देशन गरिसकेका लामाको यो डेब्यू निर्देशन फिल्म हो।

नारायण जिसीले छायांकन गरेको फिल्मलाई अनन्त घिमिरेले सम्पादन गरेका छन्। यो फिल्म चाँडै प्रदर्शन हुने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार