श्रावण १६, २०८३ शनिबार August 1, 2026

दशैंमा तीन फिल्म: ‘छक्कापञ्जा ४’ ‘प्रेमगीत ३’ वा ‘परदेशी २’सँग भिड्ने निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दशैं छेकोमा तीन प्रतीक्षित नेपाली फिल्मबीच प्रतिस्पर्धा निश्चित भएको छ । ‘प्रेमगीत ३’ असोज ७ गते प्रदर्शन हुने भएपछि दशैंको रिलिज समीकरणलाई लिएर अनुमान सुरु भएका छन् ।

छायांकन नहुँदै ‘छक्कापञ्जा ४’ले असोज ७ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरिसकेको थियो । उक्त मितिमा ‘प्रेमगीत ४’ आउने भएपछि ‘छक्कापञ्जा’लाई दशैं छेकोमा निश्चित मिति छनोट गर्न दबाब छ ।

प्रदीप खड्का स्टारर फिल्मले असोज ७ गतेलाई रिलिज मिति तय गरेपछि अनलाइनखबरसँग कुरा गर्दै ‘छक्कापञ्जा ४’का निर्माता दीपकराज गिरीले आफूहरु असोज ७ वा १४ गतेमध्ये कुनै एक मितिमा आउने निश्चित भएको बताए ।

असोज १४ गते नारायण रायमाझी निर्देशित मल्टिस्टारर फिल्म ‘परदेशी २’को रिलिज मिति तय भइसकेको छ । यस्तोमा ‘छक्कापञ्जा ४’को प्रतिस्पर्धा प्रेमगीत वा परदेशीमध्ये कुनै एकसँग हुने निश्चितजस्तै छ ।

‘छक्कापञ्जा ४’ निर्माता तथा अभिनेता गिरीले भने, ‘हामी असोज ७ वा १४ गतेमध्ये कुनै एक फिल्मलाई लिएर खुला छौं । एउटा न एउटासँग त जुध्नैपर्छ ।’ ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेनले पनि सकेसम्म आफूहरुले घोषणा गरेको मितिमा ‘छक्कापञ्जा ४’लाई नआउन निर्माता गिरीलाई आफूहरुले भेटेरै आग्रह गरेको बताए ।

सेनले भने, ‘हामीले अनुरोध पनि गरेका छौं । उहाँ (दीपकराज) नेपाली फिल्मलाई राम्रो सोच्ने मान्छे पनि हो । हामीलाई तपाईंको सपोर्ट चाहिन्छ भनेर पनि भनेका छौं ।’ छक्कापञ्जा स्थापित ब्राण्ड भएकाले आफूहरुलाई सहयोगको खाँचो पनि भएको सेनले बताए । ‘उहाँहरुको अहिलेसम्म सुटिङ पनि भएको छैन । कहिले सुटिङ होला भनेर कुरेर बस्ने कुरा पनि भएन । उहाँहरु आउनुहुन्छ जस्तो लाग्दैन । हामीलाई सपोर्टको खाँचो छ,’ सेनले भने ।

दशैंलाई फिल्म निर्माता व्यावसायिक हिसाबले आकर्षक समयको रुपमा लिने गर्छन् । जसका कारण फिल्म जुध्ने समस्या रहिआएको छ । कोरोना महामारीले प्र्रभावित ‘प्रेमगीत ३’लाई दशैंमा आउने एकखालको दबाबजस्तो पनि देखिन्छ ।

असोज ७ गते नै विश्वचर्चित हलिउड फिल्म ‘अवतार’ पुनः प्रदर्शन हुने तयारीमा छ । यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले दशैंमा रिलिजको तयारी गरिरहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार