कार्तिक ११, २०८३ बुधबार October 28, 2026

२४ असारमा अनुपको ‘दोख’ रिलिज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः रंगकर्मी, अभिनेता तथा निर्देशक अनुप बरालको निर्देशनमा तयार भएको फिल्म ‘दोख’ को रिलिज मिति घोषणा गरिएको छ । केहि समयअघि निर्माण सकेर प्रदर्शनको पर्खाईमा रहेको फिल्म आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

निर्देशक बरालका अनुसार फिल्मले सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलोलाई देखाएको छ । ‘झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्छ । फिल्मले सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको छ । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरुले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्’, अनुप भन्छन् ।

उनका अनुसार वनको स्वामित्व आफ्नो बनाउन खेलाइएको फुटबल खेलको विजेताले स्वामित्व ग्रहण गर्छन् । निर्माता मनोज अधिकारीले फिल्मको टिजर चाँडै सार्वजनिक गरिने बताए ।

फिल्ममा दिया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगरलगायतका कलाकारको अभिनय छ । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा राजन कठैतको लेखन, आभास र पुष्प संगमको संगीत छ ।

फिल्ममा सविन ज्ञवाली र मनोज अधिकारी निर्माता तथा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माता छन् ।

फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दीपक खनाल, युवराज भट्टराई रहेका छन् । फिल्मको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार