श्रावण १६, २०८३ शनिबार August 1, 2026

किशोर चाम्लिङको ‘सोमबारे हाटैमा’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गीतकार किशोर चाम्लिङ ‘सोमबारे हाटैमा’ गीत लिएर दर्शकमाझ आएका छन् । पूर्वेली लोक भाकामा गाइएको ‘सोमबारे हाटैमा’ गीतमा सुनिता थेगिम र रत्न राईको स्वर रहेको छ । उक्त गीत शनिबार टाइमलाइन टिभीमार्फत दर्शकमाझ सार्वजनिक गरिएको हो ।

गीतमा प्रेमजोडीको प्रेमालापबारे गीतकार चाम्लिङले शब्दमार्फत उतारेका छन् । गीतमा केटा र केटीको भेटघाट र त्यसपछि बसेको गहिरो मायाप्रेमलाई गीतकारले फूल उनेर माला बनाइदिएका छन् ।

गीतको सुरु केटाबाट सुरु हुन्छ । केटाले आफूहरुको पहिलो भेट खोटाङको तुवाचुङमा साकेला नाच्दा जाँदा भेट भएको बेलीविस्तार गीतमार्फत लगाउँछ । त्यसपछि सन्जोगले दोस्रो भेट फेरि रम्भुवा मेलैमा भएको भनेर केटी मस्किन्छे । यसरी नै गीत नदीजसरी सलल बगेको ।

स्टुडियो किङमा रेकर्ड गरिएको १० मिनेट ३ सेकेन्डको गीतको संगीत गायक रत्न राई स्वयंले भरेका छन् भने एरेन्ज कृष्णभक्त राईले गरेका छन् । यस्तै, गीतको कोरस मनिषा राई र दिपा तामाङले निर्वाह गरेका छन् भने गीतको रेकड मनिष राईले गरेका छन् । गीतको मिक्सिङ/मास्टरिङ सुरज कार्कीको रहेको छ भने क्यामेरातर्फ मनोज राई रहेका छन् ।

सरल भाषामा प्रेमजोडीको प्रेमसँगै गाउँले जीवनबारे पनि गीतकारले शब्दमार्फत बयान गरेका छन् । गाउँको मेलपात, हलेसी बजार, कानैमा ढुङ्ग्री नाकैमा फुली, खाँडीको थान, कपासको धागो, घुर्यानको बारी, गाईगोठलगायत दृश्यहरुलाई गीतकार चाम्लिङले गीतमार्फत सजिलो ढंगले  वर्णन गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार