काठमाडौंः लोकप्रिय गायक थानेश्वर गौतमको नयाँ गजल ‘तिम्रो मायामा’ को सार्वजनिक भएको छ । गायक गौतमकै संगीत रहेको गीतमा रमेश लुइँटेलका शब्द छन् ।
नरेन्द्र वियोगीको संगीत संयोजन रहेको गजलमा एक प्रेमीले प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाँच्न सक्छु भन्ने भावना समेटिएको छ ।
अशोक भुजेल र सलिना खत्रीको रोमान्स रहेको भिडियोमा राम केसीको छायाँकन, नरोत्तम न्यौपानेको कोरियोग्राफी र दिन्शन शाहको सम्पादन छ । भिडियोलाई अशोक भुजेल निर्देशन गरेका हुन्।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया