कार्तिक ११, २०८३ बुधबार October 28, 2026

पूजा-आकाशको ‘सम्झना–बिर्सना’ असार ३१ मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रेमकथानक चलचित्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ ।

पहिला जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । अब भने यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ ।

निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्रको निर्देशन निमेष प्रधानले गरेका हुन् ।

अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको चलचित्रमा पूजा,आकाशका साथमा सुनील थापा,छुल्ठिम गुरुङ र शिसिर राणाको अभिनय छ ।

दार्जिलिङ,सिल्गुढी र सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा,पटकथा रहेको चलचित्रको सम्वाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन् ।

शिब ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् । चलचित्रको यसअघि ‘परेलीमा लुकाउछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ ।

‘रिल’ र ‘रियल’ दुवैमा जमेको जोडीका रुपमा चर्चित पूजा र आकाशलाई दर्शकले अब यही चलचित्रमा संगै हेर्न पाउने छन् ।

आफूहरुले निकै मिहीनेतका साथ अभिनय गरेकाले बिगतमा झै यो चलचित्रबाट पनि दर्शकको अपार साथ र माया पाउने बिश्वास पूजा–आकाशको छ ।

भरपुर मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत रहेको बताइने चलचित्रकोे नयाँ गीत केही दिनमै सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ ।न्यूजअभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार