काठमाडौंः मकालु–१, वालुङ, संखुवासभामा जन्मिएका गायक तथा संगीतकार निकेश राई नेपाली गीत संगीतमा परिचित नाम हो । उनले हालसम्म तीन यसको हाराहारीमा संगीत भरिसकेका छन् भने सय जति गीतमा स्वर दिइसकेका छन् ।
हालै उनको नयाँ गीत अशोक मुकारुङ र सुनीता संयोगको युगल आवाजमा सजिएको ‘लाहुरे माइला’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द तथा सङ्गीत निकेश राईको रहेको छ । ‘लाहुरे माइला’ पूर्वेली लोकलयमा आधारित गीत हो ।
गीतको भिडियो अफिसियल युट्युब च्यानल निकेश राईमार्फत् सार्वजनिक भएको छ ।
राजु कार्कीको एरेन्ज रहेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियोमा छायाङ्कन किरण राई र सुरेश राई तथा सम्पादन नवीन घर्ती मगरले गरेका छन् । भिडियोको परिकल्पना पनि निकेस राईकै रहेको छ ।
भिडियो सहित
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया