काठमाडौंः गीतकार स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक भएको छ । गीतमा धु्रवकै स्वर तथा संगीत रहेको छ ।
सचिन सिंहको एरेञ्ज र प्रकाश पन्तको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो निर्देशन सुब्रत आचार्य गरेका छन् । भिडियोमा दिक्पाल कार्की, एसराज गरच र साक्षी लम्सालको अभिनय छ । गीत त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
सार्वजनिक भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर, जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ ।
गीतको भिडियो स्वार्थी ध्रुव अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतकार स्वार्थी ध्रुवले तीन सय बढी गीत लेखिसकेका छन् । उनी पेशाले अधिवक्ता हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया