काठमाडाैँ : लोकप्रिय गायक रोशन गुरुङको नयाँ गीत ‘सही हो नि कान्छी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतको भिडियो गायक रोशन गुरुङको सार्वजनिक अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा कुमार गुरुङको शब्द, इन्द्र गुरुङको संगीत र चन्द्र गोर्खालीको एरेञ्ज छ ।
म्युजिक भिडियोमा बाबु जिम्बाको निर्देशन र हरी गोलेको छायांकन रहेको छ। गीतको म्युजिक भिडियो इलामको श्रीअन्तुमा छायांकन गरिएको छ । भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय छ ।
सेवा फिल्मस्को पोष्ट पोडक्शन रहेको गीतको रेकर्डिङ्ग/मिक्सिङ्ग विजय मास्के मगरले गरेका छन्। भिज्युएल एडिट आशिस ईम्बाले गरेका छन् भने कलर/जिएफएक्स भने राजेश कुमारले गरेका छन्।
म्युजिक भिडियोमा सिनेम्याटोग्राफर हरि चले लामा रहेका छन् भने ड्रोंन बाबु जिम्बाले चलाएका छन्। क्रियटिभ हेडका रुपमा भोला सुवेदी रहेका छन्।
गायक गुरुङले विगतमा चारवटा सोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया