कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायिका दिलमायाको मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुरलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत शनिबार बिहान ११ बजे तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित एक घरको डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका-२ घर भएकी ३३ वर्षकी गायिका दिलमाया मृत फेला परेकी थिइन् । दिलमायाको शव फेला पर्नुअघि शनिबार बिहान १:२० बजे उनको फेसबुकबाट सुसाइड नोट पोष्ट भएको थियो ।

सुसाइड नोट नै भएका कारण आत्महत्याको शंका गरिएको भए पनि शव छोछ्यानमा र घाँटीमा निलडाम फेला परेको देखिएको थियो । घटनास्थलको अवस्थाले त्यस दिन दुई जना सँगै बसेको पाइएपछि प्रहरीले विभिन्न पाटोबारे अध्ययन गरेको थियो । त्यसक्रममा सुनारसँग लिभिङ टुगेरदरमा बस्ने प्रेमी भनिएका सूर्य पनि त्यहाँबाट भागेको खुल्यो । सुरूमा उनले आफू घटना हुनुअघि नै त्यहाँबाट हिँडेको बताएका थिए ।

तर सिसिटिभी फुटेज हेर्दा भने उनी घटना भएको समयमा त्यही भएको देखिएको थियो । त्यसपछि उनले त्यहाँबाट लगेको सल महाराजगञ्जमा फालेको भनेको आधारमा प्रहरीले उक्त सल फेला पारेको थियो ।

तर प्रहरीले दिलमायाको मोबाइल फोन भने फेला पारेको छैन ।  सूर्यविरूद्ध मृतकका बुवा खिलबहादुर श्रेष्ठले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि म्याद थप गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार