कार्तिक ११, २०८३ बुधबार October 28, 2026

माओवादी द्वन्द्वकालमा सामुदायिक वनको मुद्दा चलचित्र ‘दोख’मा हेर्न पाइने (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ।

ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ। अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ।

चलिचित्र निर्माण सविन ज्ञवाली र मनोज अधिकारीले गरेका छन्। माओवादी द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथामा चलचित्र आधारित छ।

ट्रेलर सार्वजनिकपछि सिने सञ्चारकर्मीहरूसँग बोल्दै निर्देशक बरालले फिल्म २०७२ सालमा सुरु गरे पनि भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन लगायतका कारण सम्पन्न हुन नसकेको बताए।उनले फिल्ममा माओवादी सशस्त्र द्वन्द्वले छोडेका पदचापहरूलाई उतारिएको बताए।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व, निमेषश्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ। चलचित्रको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा र एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई छन्। यो चलचित्रको निर्माण करीव ७ वर्ष अगाडि सुरु भएको थियो। चलचित्र आउँदो असार २४ गते देशभर प्रदर्शन हुँदैछ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार