श्रावण १६, २०८३ शनिबार August 1, 2026

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ गीत सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीत सार्वजनिक भएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडिओमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्ट फिचर्ड छन्।

शान्तिश्री परियार र प्रविण बेडवालको स्वर रहेको गीतमा मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत छ। संगीत संयोजन महाराज थापाको रहेको छ।

‘झिँगेदाउ’मा केकी र आँचल देउरानी जेठानीको भूमिकामा देखिएका छन्। फिल्ममा केकी, आँचल, मुकुन र कुशलसँगै हिउँवाला गौम, संगम भण्डारी, विजय देउजा, आयान खड्का, अभयराज बराल लगायत कलाकारको अभिनय छ।

कपनगडी सिनेमा र फिल्म क्र्यू नेपालको ब्यानरमा निर्माण भएको फिल्मको कथा भिमनिधि तिवारीले तयार पारेका हुन् भने पटकथा तथा संवाद प्रदीप भारद्वाजको छ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह-निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन्। विष्णु घिमिरेले छायांकन गरेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्। उक्त चलचित्र भदौ १७ गतेबाट प्रदर्शन हुँदैछ। न्यूजअभियान

भिडियो सहितः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार