श्रावण १६, २०८३ शनिबार August 1, 2026

लघु चलचित्रको प्रतिस्पर्धा गर्दै नेपाल नेटवर्क टेलिभिजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दर्शकलाई मनोरञ्जनका साथै नयाँ चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले लघु चलचित्र प्रतिस्पर्धा गरिने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आयोजना लागेको कार्यक्रमको नाम ‘एनएनटिभी सर्टस् : मेरो कथा, मेरो सिनेमा’ राखिएको छ ।

अभिनेता सुनिल थापा, निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री पूजा शर्मा निर्णायक रहने प्रतिस्पर्धामा आयोजक नेपाल नेटवर्क टेलिभिजनले कार्यक्रमको घोषणासँगै स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार)सहित आवेदन आह्वान गरेको हो ।

प्रतिस्पर्धामा सहभागिताको लागि लघुचलचित्र निर्माण गर्न चाहाने व्यक्ति वा समूहले आफ्नो स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासा) अनलाइन http://www.nntvshorts.com मार्फत वा कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन् ।

लघुचलचित्रको समय १२ देखि २४ मिनेटसम्म हुनुपर्ने आयोजकले जनाएको छ । साउन २० गतेसम्म स्क्रिप्ट दर्ताको समय राखिएको र साउन २५ गते स्क्रिप्ट छनौट तथा निर्माण घोषणा गरिने आयोजकको भनाइ छ ।

टेलिभिजनका सिइओ दिनेश डिसीको संचालनमा चलेको घोषणा कार्यक्रममा टेलिभिजनका एमडी श्याम धिताल, अभिनेता सन्तोष पन्त, कलाकार कृष्ण मल्ल, जीतु नेपाल, विजय लामा, छायाँकार गौरीशंकर धूजु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार