कार्तिक ११, २०८३ बुधबार October 28, 2026

पासाङ्ग र अरुणाको लोक दोहोरी गीत ‘सोझा सिधाको’ सार्बजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सोह्र सत्र बैंशको उन्मादलाई केन्द्रित गरेर भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्बजनिक भएको छ ।

अरुणा गिरी र पासाङ्ग शेर्पाको प्रस्तुतिमा रहेको “सोझा सिधाको” बोलको उक्त गीतमा लय अरुणा गिरीको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ ।

राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा पासाङ्ग शेर्पा र अरुणा गिरीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतका प्रस्तुतकर्ता पासाङ्ग ले केहि समय अगाडी मात्रै सारै नै रमाइलो लाको छ, गाईको गोबर, लगाएतका गीत बजारमा ल्याएका थिए ।

हाल प्रबासमा रहेका उनले यी गीतहरु बाहेक अन्य गीतहरु पनि बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।स्थायी घर दोलखा भएका पासाङ्गले अन्य गीतहरु पनि बजारमा आउन बाँकी रहेको जानकारी गराएका छन् ।

सोझा सिधाको बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ्ग, कोरिग्राफी, र म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त देखिएका कलाकार राज तामाङ्ग प्रकाश, आयुष्मा कार्की र दिपा खड्काको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन पनि उनै प्रतिभावान कलाकार राज तामाङ्ग प्रकाश ले नै गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र समुह साथै सम्पादन मिन रावलले गरेका छन् ।न्यूजअभियान

भिडियोमा हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार