कार्तिक ८, २०८३ आइतबार October 25, 2026

ओस्कार अवार्ड २०२० : पारासाइट ठहरियो सर्वाेत्कृष्ट चलचित्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हलिउड चलचित्रको सर्वाधिक सम्मानित एकेडेमी अर्थात ओस्कार अवार्डमा यो वर्ष पारासाइट सर्वोत्कृष्ट चलचित्र ठहरिएको छ । बोङ्ग जून–होको निर्देशनमा बनेको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।

सर्वोत्कृष्ट निर्देशकको अवार्ड पारासाइटका निर्देशक बोङ्गले नै जिते । सर्वोत्कृष्ट चलचित्रमा पारासाइटले १९१७, जोकर, वन्स अपअन अ टाइम इन हलिउड, लिटल वुमन, म्यारिज स्टोरी, द आइरिस म्यान, जोजो र्‍याबिट तथा फोर्ड भर्सेज फरारीलाई पछि पारेको हो ।

दक्षिण कोरियन चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । ओस्कारको इतिहासमा अंग्रेजी भाषा भन्दा बाहिरको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको यो पहिलो पटक हो ।

पारासाइटले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अर्थात अंग्रेजी भाषा भन्दा बाहिरको चलचित्रको अवार्ड पनि जितेको छ।

अमेरिकाको लस एन्जलसमा रहेको डल्बी थिएटरमा नेपाली समय अनुसार सोमबार बिहान भएको ९२ औँ संस्करणको ओस्कार अवार्डमा जोकरका लागि वाकिन फिनेक्सले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते ।

उनले जोकरकै लागि गोल्डेन ग्लोब र बाफ्टा अवार्ड पनि जितेका थिए । उनले ओस्कारमा ‘वन्स अपअन अ टाइम इन हलिउड’ का लियोनार्डो डिक्याप्रियोसहितलाई पछि पारेका हुन् ।

सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जुडीका लागि रेने जेल्वेगरले जितिन्, उनले गोल्डेन ग्लोब अवार्ड पनि जितेकी थिइन् । ब्राड पिटले सर्वोत्कृष्ट सहअभिनेता तथा म्यारिज स्टोरीका लागि लोरा डर्नले सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् ।

कुन विधामा कसले जिते अवार्ड ?

सर्वोत्कृष्ट चलचित्रः पारासाइट

सर्वोत्कृष्ट निर्देशकः बोङ्ग जून–हो (पारासाइट)

सर्वोत्कृष्ट अभिनेत्रीः रेने जेल्वेगर (जुडी)

सर्वोत्कृष्ट अभिनेताः वाकिन फिनेक्स (जोकर)

विदेशी भाषाको सर्वोत्कृष्ट चलचित्रः पारासाइट

सर्वोत्कृष्ट सहअभिनेत्रीः लोरा डर्न (म्यारिज स्टोरी)

सर्वोत्कृष्ट सहअभिनेताः ब्राड पिट (वन्स अपअन अ टाइम इन हलिउड)

सर्वोत्कृष्ट ओरिजिनल सङ्गः आइएम गन लभ मी अगेन (रकेटम्यान)

सर्वोत्कृष्ट ओरिजिनल स्कोरः जोकर

सर्वोत्कृष्ट मेकअप एण्ड हेयरः बम्बशेल

सर्वोत्कृष्ट भिजुअलइफेक्ट्सः १९१७

सर्वोत्कृष्ट चलचित्र सम्पादनः फोर्ड भर्सेज फरारी

सर्वोत्कृष्ट ध्वनी समिश्रणः १९१७

सर्वोत्कृष्ट ध्वनी सम्पादनः फोर्ड भर्जेज फरारी

सर्वोत्कृष्ट सिनेटम्याटोग्राफीः १९१७

सर्वोत्कृष्ट छोटो अवधिको वृत्तचित्रः लर्निङ्ग टू स्केटबोर्ड इन वारजोन (इफ यू आर ब गर्ल)

सर्वोत्कृष्ट वृत्तचित्रः अमेरिकन फ्याक्ट्री

सर्वोत्कृष्ट कस्ट्युम डिजाइनः लिटल वुमन

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनः वन्स अपअन अ टाइम इन हलिउड

सर्वोत्कृष्ट एनिमेटेड चलचित्र (छोटो अवधि): हेयर लभ

सर्वोत्कृष्ट लाइभ एक्सन (छोटो अवधि): द नेवर्स विन्डो

सर्वोत्कृष्ट एडप्टेड स्क्रीनप्लेः जोजो  र्‍याबिट

सर्वोत्कृष्ट ओरिजिनल स्क्रीनप्लेः पारासाइट

सर्वोत्कृष्ट एनिमेडेट चलचित्रः टोइ स्टोरी ४

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार