काठमाडौंः चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा अर्जुन थापाको शब्द र संगीत रहेको छ। गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। भिडियोमा गीतकार एवं संगीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ ।
हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार, संगीतकार एवं कलाकार अर्जुन थापा नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।
बुद्ध थापा छायाँकन गरेको यस भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन्। सुरेश थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। माया प्रेमसँग सम्बन्धित म्यूजिक भिडियो यस भिडियोलाई ‘कलापुञ्ज’ युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो । न्यूजअभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया