कार्तिक ११, २०८३ बुधबार October 28, 2026

विकास गिरीको लेखन तथा निर्देशनमा ‘बिजुली च्याप्टर १’ को घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फिल्म ‘बिजुली च्याप्टर १’ बन्ने भएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रम गर्दै फिल्मको फस्टलुकसँगै कलाकार सार्वजनिक गरियो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्ममा लुना केसीको लगानी रहनेछ ।

बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छनोट हुनेछन् ।

निर्माण पक्षका अनुसार हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो । केदार भुसाल क्रिएटिभ प्रोड्युसर रहने फिल्मको छायांकन भदौ तेस्रो साताबाट सुरु हुनेछ ।

फिल्ममा हरि घले लामाको छायांकन हुनेछ । निर्देशक गिरीका अनुसार चार युग सत्य, त्रेता,द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिनेछ ।

सोसियल ड्रामा तथा सस्पेन्स कमेडी जनराको फिल्मले नेपाली दर्शकलाई एउटा फरक टेस्ट दिने क्रियटिभ प्रोडूसर केदार भुसालले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार