काठमाडौंः क्यानेडियन गायिका गिथिया बर्मनको ‘एनदर वल्र्ड’ बोलको गीतमा ब्लाइन रक्स्का संस्थापक सृष्टि केसी र सुदेव सुरेशको अभिनय रहेको छ ।
गायिका बर्मनको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा दृष्टिविहीनहरूलाई प्रेरणादायी परियोजनाका रूपमा पहिलो ‘अडियो डिस्क्रेप्टिभ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
आमोश पुठियाटिलले छायाङ्कन गरेको गीतलाई सदिक ज्याकीले कोरियोग्राफी गर्नुभएको हो । अडियोको डिस्क्रिप्सन र लेखन कार्य शारदाको रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया