काठमाडौंः वरिष्ठ गीतकार÷कवि÷गजलकार तथा सामाजिक अभियन्ता अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ ।
सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहीमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेञ्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गम्भीर विष्टले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा आर्यन खरेल र र्सिजना श्रेष्ठलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।
‘सबै मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो बनेको छ, श्रोता÷दर्शकले मन पराउनेमा आशावादी छौं’, सर्जजक वान्तुले भन्नुभयो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।
वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना–२’ एल्बम पाठक÷श्रोता र दर्शकमाझ आएका छन् ।
उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान‘’लगायत थुप्रै गीत श्रोता÷दर्शकले अत्यधिक मन पराएका छन् । न्यूजअभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया